Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ हुने

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 873
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ ।

    आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको हो ।



    प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।



    शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ । बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज बिहीबार बिहानका लागि सुनुवाइ तोकिएको थियो ।

    गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन् । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार