Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

    बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 642
    SHARES

    काठमाडौं । सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।

    सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव बनाउन मुख्यसचिव शंकरदास बैरागीलाई आकर्षक ठाउँमा पठाउन लागेको हो ।



    सञ्चार मन्त्रालयबाट उनलाई तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा राखिएको थियो । स्रोतका अनुसार मुख्यसचिव शंकरदास बैरागीलाई भने आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको छ ।



    असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी स्वतः अवकाशमा जानेछन् । मुख्यसचिव बैरागीको अब बाँकी पदावधि तीन महिना मात्रै रहेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद्को बैठकले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार