Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सिंहदरबारमा जारी

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 516
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ ।

    बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बिहान ८ बजे बोलाएको थियो ।



    तर समितिको बैठकमा उनी बिहान सवा ८ बजेपछि आएका कारण सुनुवाइ केही ढिला सुरु भएको हो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।



    समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

    गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार