Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिँदै, आदेश आजै आउन सक्ने

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिँदै, आदेश आजै आउन सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 735
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे चलिरहेको थुनछेक बहस आज सकिने सम्भावना रहेको छ ।

    काठमाडौँ जिल्ला अदालतमा यही जेठ २१ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिन लागेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।



    इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।



    बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ ।

    प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर न्यौपानेले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार