Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिपल कंग्रेस अध्यक्षबीच भेटवार्ता

    अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिपल कंग्रेस अध्यक्षबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 609
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गरेका छन् ।

    भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक सहर साङ्घाईको विकासबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए ।



    साङ्घाईबाट काठमाडौँ र पोखरा सिधा उडान भयो भने त्यसले साङ्घाईको औद्योगिक, व्यापारिक र धार्मिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो । अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले साङ्घाई सहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराएका थिए ।



    चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष युन्हुले साङ्घाई सबैभन्दा ठूलो आर्थिक केन्द्र सहर भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए ।

    भेटमा नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्य साथै चीनको साङ्घाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेसको चीन–नेपालमैत्री समूहका उपप्रमुख वाङ के र साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङलगायत सहभागी रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार