मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।
घटनास्थलमा प्रहरी पुग्न ढिलाइ भएको आरोप लाग्दैआएका बेला छिटो सेवा दिन मकवानपुर प्रहरीले बुधबारबाट स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको हो ।
मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएपछि सूचना प्रविधिको प्रयोग गरी छिटोछरितो नागरिकको सेवा वा उद्धारका लागि सहज हुने बताए ।
उनले काठमाडौँ उपत्यकापछि पहिलो पटक हेटौँडामा स्मार्ट कन्ट्रोल रुम स्थापना भएको भन्दै प्रहरी कार्यालयमा अब १०० नम्बरको फोन चार वटा रहेकाले सेवाग्राहीले १०० नम्बरमा फोन लागेन भन्ने गुनासो कम हुने र घटनास्थलमा प्रहरी तत्काल पुग्ने जानकारी दिए ।
Leave a Reply