Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्ष डोङबीच शिष्टाचार भेट

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्ष डोङबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 870
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच भेट भएको छ ।

    पिपुल्स बिल्डिङमा भएको शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औधोगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै सांघाईबाट काठमाडौं र पोखरा सिधा उडानको विषय उठाए ।



    अध्यक्ष तिमिल्सिनाले सांघाईबाट काठमाडौं र पोखरा सिधा हवाइ उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै चीन आउन सक्छन् र यहाँबाट पनि धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने उल्लेख गरे ।



    अध्यक्ष युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए ।

    अध्यक्ष तिमिल्सिनासहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार