Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सामुदायिक वन अतिक्रमण गरी बनाइएका २७ घरटहरामा चलाइयो डोजर

    सामुदायिक वन अतिक्रमण गरी बनाइएका २७ घरटहरामा चलाइयो डोजर

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 756
    SHARES

    बैतडी । बैतडीको मेलौली नगरपालिकामा सामुदायिक वन अतिक्रमण गरेर बनेका २७ ओटा घरटहरामा डोजर चलेको छ।

    डिभिजन वन कार्यालय बैतडीका अनुसार मेलौलीको वडा नम्बर ७ चापछाड सामुदायिक वन र वडा नम्बर ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी बनेका घर भत्काइएको हो ।



    जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका हुन्।



    वन कार्यालयले यसअघि २ पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरे पनि त्यसको सुनुवाइ नभएपछि घर भत्काइएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार