Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • समाजवादी क्रान्तिका लागि फेरि नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    समाजवादी क्रान्तिका लागि फेरि नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 489
    SHARES

    दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’

    प्रधानमन्त्री प्रचण्डले मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिए । उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार