Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित

    अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । यसअघि जिम्बावेको हरारेमा पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो ।



    अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ ।



    विश्व कप छनोट प्रतियोगिताको समूह ुएु मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार