Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने पक्का

    हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने पक्का

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने पक्का भएको छ ।

    साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका का.मु प्रधानन्यायाधीश कार्कीलाई जेठ ३२ गते संसदीय सुनुवाइ गरेर अनुमोदन गर्न लागिएको हो ।



    संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्थानुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ ।



    संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनका लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाई सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

    संसदीय सुनुवाइ हुनुअघि समितिले कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिमा २९ वटा उजुरी परेको र त्यसको छानबिन र अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार