काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीको आज अवलोकन गर्दै उनले कला भावनाको अभिव्यक्त रूप भएको बताए।
मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा पारेर यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा छ सय ९५ सिर्जना समावेश गरिएको छ।
Leave a Reply