Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अखिल क्रान्तिकारीले विद्यालयमा लगाएको ताला काठमाडौं महानगरले तोड्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी सङ्गठनले तीन वटा विद्यालयमा लगाएको ताला फोडेर पठनपाठन सूचारु गरेको छ ।

काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी सङ्गठनले लगाएको ताला महानगरले फोडेको हो ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

महानगरका मेयर बालेन साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077