काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङ स्थित माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसंग भेट गर्ने कार्यक्रम रहेको छ ।
तिमिल्सिनाले चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीचसंग पनि सोमबार साँझ भेट गरेका छन् ।
Leave a Reply