विराटनगर । प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ।
सुनसरीको दुहवीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत २२ वर्षीय विशान सुन्दासले चलाएको उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो सडक पार गर्दैगर्दा साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परि गम्भीर घाइते भएका साइकलयात्री इटहरी–११ का ६० वर्षीय भरत दाहालको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका जवान सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
Leave a Reply