Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा

    प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 804
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

    बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिट न्यायाधीश मल्लको एकल इजलासमा परेको हो ।



    पूर्वअयोग्य लडाकु विष्टसहितले प्रधानमन्त्री प्रचण्ड, डा भट्टराई लगायत विरूद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।



    माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

    द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार