Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

    खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।

    दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ ।



    मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए ।



    धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो ।

    हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार