एजेन्सी । पेरिस सेन्ट जर्मेनले यो ट्रान्सफर विन्डोमा किलियान एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ ।
फ्रेन्च फरवार्डले क्लबसँगको करार नवीकरण नगर्ने स्पष्ट पारेसँगै क्लबले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।
एम्बाप्पेको सम्झौता अर्को सिजनको अन्त्यमा सकिँदैछ । क्लब र एम्बाप्पेसँग सम्झौता नवीकरण गर्ने विकल्पसमेत छ । तर पीएसजीसँगको एक महिना लामो वार्ता पछि पनि एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएका छन् ।
सम्झौता थप्ने अन्तिम समय जुलाई ३१ रहेपनि २४ वर्षीय फ्रान्सेली स्टार एम्बाप्पे भने तयार छैनन् । सम्झौता नथप्दा अर्को एम्बाप्पेलाई क्लबले फ्रि एजेन्ट अर्थात् सित्तैमा गुमाउनु पर्ने भएकाले पीएसजीले बेच्ने तयारी गरेको हो ।
Leave a Reply