Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष लिजीसँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको भेट

    चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष लिजीसँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको भेट

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 678
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।



    भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एव्म अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरुमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन् ।



    उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार