Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘नेता ठेकेदार’कै सडक अधुरा

    ‘नेता ठेकेदार’कै सडक अधुरा

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 690
    SHARES

    सुर्खेत । निर्माण व्यवसायीले समयमै काम गरिदिएको भए चालु आर्थिक वर्षभित्रै पश्चिम सुर्खेतको बाबियाचौरदेखि जामुसम्मको सडक कालोपत्रे भइसक्थ्यो। दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा हालसम्म सो सडकको काम ३५ प्रतिशत मात्रै भएको छ।

    बाबियाचौरदेखि जामुसम्मको सडक दुरी आठ किलोमिटर मात्रै हो। यो सडक निर्माणको जिम्मा अनक/जयदेवी/सनलाइट जेभीले लिएको छ। यो ठेक्का दैलेखबाट निर्वाचित संघीय सांसद दिक्पालकुमार शाहीको हो।



    ‘म्यादभित्रै सडक कालोपत्रे हुने सम्भावना छैन,’भौतिक पूर्वाधार निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले भने, ‘अहिलेसम्म ३५ प्रतिशत मात्रै काम भएको छ।’ अनकरजयदेवीरसनलाइट जेभीले २०७८ जेठ १८ गते आठ किलोमिटर सडक कालोपत्रेका लागि १० करोड ९२ लाखमा ठेक्का सम्झौता गरेको थियो।



    सम्झौताअनुसार निर्माण व्यवसायीले २०८० असार २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्छ। निर्माण कम्पनीले भर्खरै भेरी नदीकिनारमा सडक कालोपत्रेका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादनका लागि अस्थायी क्रसर राखेको छ।

    क्रसरबाट कहिले निर्माण सामग्री उत्पादन गरेर कहिले कालोपत्रे गर्ने हो, ठेगान छैन। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार