Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वर्गद्वारी जीप दुर्घटना : चालकसहित ८ यात्रुकाे मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा दुर्घटनामा परेको हो ।

गाडीमा सवार दाङको लमही ५ का २ महिला, २ पुरुष र ४ बालबालिकाे निधन भएकाे बताइएकाे छ ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो। लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077