Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा छ : अर्थमन्त्री महत

    विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 597
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताएका छन्।

    आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संघीय संसद्‍मा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    उनले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नकै लागि नेपालमा सार्क मुलुककै भन्दा कम कर रहेको पनि स्पष्ट पारे ।



    अर्थमन्त्री महतले भने, ‘सार्क मुलुकहरूमा समेत विद्युतीय सवारी साधनमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै छ । भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरिकी डलरसम्मको लागि ६० प्रतिशत र सो भन्दा बढी मूल्यको हकमा १०० प्रतिशत रहेको छ।’

    उनले भन्सार छल्न सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट सम्मको सवारीमा एउटै महसुल लगाएको उल्लेख गरेका छन्। सवारी साधनमा रहेको १ सिटको फरकको आधारमा हुने गरेको महसुल छल्नका लागि २ सिट थपेर ११ सिट बनाउने पाइएको ले पनि यो निर्णय गरिएको उनले बताए।

    हाल १४ सिटसम्मका साधनमा लाग्ने महसुल दर एउटै प्रस्ताव गरिएको छ। हाल पनि पेट्रोलियम गाडीमा लाग्ने महसुलभन्दा विद्युतीय साधनमा लाग्ने महसुल अत्याधिक कम रहेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार