काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउनका लागि गृहकार्य भइरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले भने, ‘युट्युबलगायत अरुलाई करको दायरामा ल्याउने कुरा उठ्यो । यो करको दायरामा ल्याउने नै कुरा गरेका छौं । यो जति पनि हाम्रो टेक्नोलोजीको कारणले नयाँ डिजिटल प्लेटफर्म आइरहेको छ‚ त्यसलाई करको दायरामा ल्याउन जरुरी छ । त्यसमा गृहकार्य भइरहेको छ । बजेटमा पनि त्यो कुरो उल्लेख छ ।’
अर्थमन्त्री महतले युट्युबलगायत डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउन जरुरी भएको बताए। अर्थमन्त्री महतले डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउन सरकारले गृहकार्य गरिरहेको बताए ।
Leave a Reply