Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगामी साउन १ देखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको आगामी साउन १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगले तयारी गरेको जानकारी दिए ।

प्रिरजिस्ट्रेसनपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ ।

प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077