Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डले भने – सरकारमा बसेर बजेटको विरोध नगरौँ

    माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डले भने – सरकारमा बसेर बजेटको विरोध नगरौँ

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 738
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्डले सोमबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् ।



    सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

    आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारेका छन् ।

    धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा रहेपनि सरकारले सबैलाई सम्बोधन गर्न नसकेको बताउँदै आएको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार