Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सिन्‍धुलीको कमलामाई खोलाले बगाउँदा एकजनाको मृत्यु

    सिन्‍धुलीको कमलामाई खोलाले बगाउँदा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा कमलामाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्णबहादुर दाहाल रहेका छन् ।

    सोमबार बिहान दाहाल र उनका ६८ वर्षीय छिमेकी कर्णबहादुर कार्की बिहान साढे ८ बजे गोरू किन्न सोही ठाउँको मडाहामा पुगेका थिए।



    उनीहरू मडाहाबाट गोरू किनेर फर्किदा चन्दनपुरस्थित कमलामाई खोलाबाट गोरू तार्न खोज्दा दाहाललाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



    खोलामा बेपत्ता भएका कार्कीलाई खोजी गर्नेक्रममा शव दुई किलोमिटर टाढा फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार