Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महतले भने – विगतका समस्या एकै पटक सल्टाउन सकिन्नँ

    अर्थमन्त्री महतले भने – विगतका समस्या एकै पटक सल्टाउन सकिन्नँ

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 738
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विगतदेखिका समस्या एकै पटक नसल्टिने बताएका छन् ।

    सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताए ।



    अर्थमन्त्री महतले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए । बजेटमा केही महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ ।’

    कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै विगतदेखिका समस्या एकै पटक नसल्टिने समेत उनले बताए ।

    बजेटमा विपक्षी दलका नेताले २ घण्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने उनले बताए । बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार