Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड, रेशम र मन्त्री रञ्जिताबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र उनकी श्रीमती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ ।

गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

उक्त भेटमा सुदूरपश्चिम सरकार, समसायिक राजनीतिकलगायत विषयमा छलफल भएको बताइएको छ । उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको छ ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077