Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : परराष्ट्रमन्त्री साउद

    गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 663
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।

    सोमबार कञ्चनपुर-२ का नेपाली कांग्रेसका नेताहरुसँग परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले गेटामा स्थानीय वासिन्दाको चाहना अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताए ।



    उनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताए ।

    भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि दाबी गरे । गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

    त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार