Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देश र जनतालाई केन्द्रबिन्दूमा राखेर बजेट आएको छ : अर्थमन्त्री महत

    देश र जनतालाई केन्द्रबिन्दूमा राखेर बजेट आएको छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 594
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रबिन्दूमा राखेर बजेट निर्माण गरिएको बताएका छन् ।

    नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज विहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले देश र जनतालाई केन्द्रबिन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरे ।



    अर्थमन्त्री महतले भने, ‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ।’

    निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको अर्थमन्त्री महतको भनाई छ । अर्थमन्त्री महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार