Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ उजुरी

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 705
    SHARES

    काठमाडौँ । प्रस्तावित न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी दर्ता भएका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिकांश कानुन व्यवसायीका उजुरी छन् ।

    उजुरीबारे छलफलका लागि समितिको बैठक सोमबार बोलाउने तयारी गरिएको छ । उजुरीको समयसीमा शुक्रबार सकिएको थियो । २९ मध्ये एक मात्र उजुरीलाई गोप्य रूपमा पठाइएको छ । अन्यको उजुरीकर्ताको नाम सार्वजनिक छ ।



    सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले कार्कीविरुद्ध तोकिएको समयभित्र २९ उजुरी दर्ता भएको र त्यसलाई अब प्रव्रिmयामा लगिने बताउनुभयो । धमलाले भने, “२९ वटा उजुरी परेका छन् । प्रतिनिधि सभामा बजेटको सैद्धान्तिक छलफल आइतबार सकिने र सोमबार नै समिति बस्ने तयारी छ । अब उजुरी सार्वजनिक गरेर अध्ययन हुने छन् र सुनुवाइको प्रक्रिया अघि बढ्ने छ ।”



    कार्कीविरुद्ध अर्घाखाँची जिल्लामा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले समेत उजुरी दिएका छन् । सुनुवाइ समितिमा बहालवाला न्यायाधीशले प्रस्तावित न्यायाधीशमाथि उजुरी दिएको यो पहिलो पटक हो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार