Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रामहरि खतिवडाको आरोप – एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो

    रामहरि खतिवडाको आरोप – एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।

    आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सो कुरा बताएका हुन् । उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाए ।



    सांसद खतिवडाले महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसदमा फेरी पनि कुरा उठाउने बताए ।



    खतिवडाले संसारकै देउता पशुपतिनाथको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेले देशलाई के गर्लान् ? भन्दै प्रश्न गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार