Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • केही वर्षयता नयाँ विश्वविद्यालय स्थापनाको होडबाजी चलेको छ : प्रधानमन्त्री प्रचण्ड

    केही वर्षयता नयाँ विश्वविद्यालय स्थापनाको होडबाजी चलेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 711
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ विश्वविद्यालय स्थापनाको लहर चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘केही वर्षयता नेपालमा विश्वविद्यालय स्थापनाको होडबाजी चलेको छ, विश्वविद्यालय खोल्नुअगावै साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक छ। ‘गुणस्तर र विश्वसनीयताको सवाल गम्भीर प्रश्नका रूपमा खडा भएको छ, गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयहरू चुस्त र गतिशील रहनु आवश्यक छ।’



    प्रधानमन्त्री प्रचण्डले संघदेखि प्रदेशसम्म नयाँ/नयाँ विश्वविद्यालय स्थापना भएकोप्रति असन्तुष्टि जनाएका छन् । एउटै विषय पढाउन र उपाधि प्रदान गर्न धेरै विश्वविद्यालयहरू आवश्यक नपर्ने उनको भनाइ थियो ।

    नेपालको जनगणनाअनुसार जनसंख्याको बनोटमा विद्यालय र विश्वविद्यालय तहमा अध्ययन गर्ने उमेर समूहको जनसंख्यामा संकुचन आएकाले पनि विश्वविद्यालय थप्नु उचित नहुने प्रधानमन्त्रीको भनाइ छ ।

    उच्च शिक्षासम्बन्धी राष्ट्रिय क्यालेन्डर तयार भएपछि उक्त क्यालेन्डरको सेरोफेरोमा विश्वविद्यालयहरूले आ–आफ्नो क्यालेन्डर बनाई कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए ।

    क्यालेन्डर लागू नहुँदा त्रिभुवन विश्वविद्यालयलगायतमा नतिजाका लागि १८ महिना र परीक्षाका लागि १२ महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार