Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • राजनीति सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

    राजनीति सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेतृत्वको कमजोरीका कारण नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठलेराजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताए।



    गृहमन्त्री श्रेष्ठले भने, ‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौं । यति धेरै लोकतन्त्रका निम्ति संघर्ष भएको देश पनि कमै छन । ६ दशक निरन्तर संघर्ष, एक पटक थोरै परिवर्तन, फेरि प्रतिगमन, फेरि परिवर्तनका लागि हामीले संघर्ष गरेका थियौं । लोकतन्त्रपछि पनि जति जनतालाई डेलिभरी दिनुपर्ने हो त्यो हुन सकेन । आजको समस्या त्यो हो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी हो । त्यो कमजोरी राजनीतिमा छ । राजनीतिलाई सफा नगरी यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ ।’



    गृहमन्त्री श्रेष्ठले लामो आन्दोलनबाट लोकतन्त्र स्थापना गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको बताए । राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने गृहमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार