काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् ।
नियमित स्वास्थ्य उपचारका लागि अध्यक्ष ठाकुर भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।
अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली उडेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारत भ्रमण सकेर फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि दिल्ली पुगेका थिए ।
Leave a Reply