Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ज्येष्ठ नागरिकको अवस्था सम्बन्धी तयार गरिएको ‘ज्येष्ठ नागरिक’ वृत्तचित्र प्रदर्शन

    ज्येष्ठ नागरिकको अवस्था सम्बन्धी तयार गरिएको ‘ज्येष्ठ नागरिक’ वृत्तचित्र प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 624
    SHARES

    काठमाडौं । ज्येष्ठ नागरिकको अवस्था चित्रण गरेर बनाइएको वृत्तचित्र ‘ज्येष्ठ नागरिक’ को प्रदर्शनी गरिएको छ ।

    आइ।टि। पत्रकार मञ्च, काठमाडौं महानगरपालिका समाजिक विकास विभागको सहकार्यमा निर्माण भएको ज्येष्ठ नागरिकको जीवनशैली र अवस्था चित्रण गरिएको सो वृत्तचित्र शनिवार राजधानीमा प्रदर्शनी गरिएको हो ।



    कार्यक्रममा महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले परिवारभित्रै सम्मानपूर्वक बाँच्न पाउने वातावरणका लागि परिवारका सदस्य तथा राज्यले दायित्व सम्झेर काम गर्नुपर्ने बताए ।



    वृत्तचित्रका निर्देशक भरतराज उप्रेतीका अनुसार नेपालमा रहेका २३ लाख ८४ हजार जना ज्येष्ठ नागरिकको जीवन सम्मानित र सहज बनाउन राज्यले ल्याएका नीति, सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधाले जीवनमा पारेको प्रभाव र हाल ज्येष्ठ नागरिकले भोगेको अवस्थाको बारेमा वृत्तचित्र बनाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार