काठमाडौं । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगर घोषित भएकी छन् ।
प्रतियोगितामा शनिवार साँझ नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित अन्तिम प्रतिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
मगरले शीर्ष उपाधिका साथमा नगद ४ लाख रुपैयाँ, सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट ५ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरिन् ।
यस्तै, अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बने। उनीहरूले क्रमश: रु दुई लाख र एक लाखसमेत प्राप्त गरे ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा,अभिनेत्री मिरुना मगर,अभिनेता अनुपविक्रम शाही, मोडल रीना थापामगर,हिमाल राना,संजोग लाफामगर,अलिगिभा पुनमगर र रुद्र सिरिजमगर निर्णायक रहेका थिए।
Leave a Reply