Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अबका चुनावमा एमालेले गठबन्धन गर्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबका चुनावमा कसैसँग तालमेल नगरी पार्टीले एकल बहुमत ल्याउने बताएका छन् ।

महासचिव पोखरेलले २०८४ को चुनावमा तालमेल र सहकार्य नगरी एमालेले एकल बहुमत ल्याउने बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ। अब यथाशीघ्र तोकिएअनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्छ ।’

महासचिव पोखरेलले मिसन २०८४ अनुरूप पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने लक्ष्य रहेको बताए।

जनसंगठनको समन्वयका लागि प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा विस्तृत योजना बनेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077