काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वचित भएका छन् ।
यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् ।
सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको शुक्रवार उद्घाटन भएको थियो ।
Leave a Reply