काठमाडौं । सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन् । कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ ।
केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन ।
शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको छ। बृहस्पतिको ९५ उपग्रह हुँदा अब शनिको १ सय ४५ पुगेको छ। खगोलविद् भन्छन्, ‘अब यो प्रतिस्पर्धा रहेन। शनिलाई भेट्न बृहस्पतिलाई लामै समय लाग्न सक्छ, या नभेट्न पनि सक्छ।’
गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए। त्योसँगै बृहस्पतिको उपग्रहको संख्या बढेर ९५ पुगेको थियो। अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले शनिको उपग्रह बढेकाले सर्वाधिक उपग्रह भएको ग्रहको स्थान ओगटेको पुष्टि गरेका छन्।
क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालय ९यूबीसी०का अनुसार शनि ग्रहका पत्ता लागेका नयाँ उपग्रहको नामकरण छिट्टै गरिनेछ। यूबीसीका प्राध्यापक ब्रेट ग्लेडम्यान भन्छन्, ‘कतिपय उपग्रहलाई क्यानडाको इनउइट देवताहरूको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ।’ शनिको ६२ वटा नयाँ उपग्रह पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए। अन्नपूर्ण पोस्टबाट
Leave a Reply