Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेता, कार्यकर्तालाई कांग्रेस सभापति देउवाको आह्वान – सबै एकताबद्ध भएर अगाडि बढौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्न निर्देशन दिएका हुन् ।

साथै पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको देउवाको भनाइ छ। सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिनेगरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

पूर्वप्रधानमन्त्री देउवाले भने,  'योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनुपर्छ । त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊँ । अहिले कांग्रेसलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा पार्टीको संगठनलाई वडावडामा पुर्याएर मजवुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077