काठमाडौं । हङकङमा हुने एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई विदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई गरेको जनाएको छ ।
१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा समूह ‘ए’ मा भारत र पाकिस्तान ‘ए’ टोलीसहित आयोजक हङकङ तथा नेपाल छन्। समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया रहेका छन् ।
नेपालले जुन १३ मा पाकिस्तान ‘ए’, जुन १५ मा भारत तथा जुन १७ मा हङकङसँग समूह चरणका खेल खेल्नेछ ।
प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो ।
नेपाली टोलीमा सिता रानामगर, इन्दू बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झनाकुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वतीकुमारी चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी बेगम र कविता जोशी छन्।
Leave a Reply