काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्ने बताएका छन् ।
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् ।
सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्शा आफ्नो नयाँ संसदमा राखेर गम्भिर गल्ती गरेको समेत बताए । भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनले बताए ।
विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको उनको भनाई छ ।
Leave a Reply