Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • देश बिर्गान तछाड मछाड गरे जस्तो भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री प्रचण्ड

    देश बिर्गान तछाड मछाड गरे जस्तो भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने बताएका छन् ।

    पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्ने अवस्थामा पुगी सकेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा अति भइसक्यो इनफ इज इनफ भन्छन् नि त्यो गर्ने बेला भयो । एकले अर्काको खुट्टा तान्ने आपसमा गाली गलौच गर्ने तछाड र मछाड धेरै भयो । देश बनाउन होइन देश बिर्गान तछाड मछाड गरे जस्तो विगतको अनुभव भयो । अब देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने भयो ।’

    प्रधानमन्त्री प्रचण्डले एकले अर्काको खुट्टा तान्ने र एक आपसमा गाली गलौच धेरै भई सकेकाले रोकिनुपर्ने बताए ।

    वैदेशिक रोजगारीबाट फर्किएकाहरू मात्रै नभएर वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरू नयाँ राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    वैदेशिक रोजगारीमा भएका लाखौं दिदीबहिनीहरुलाई स्वदेशमै फर्किएर काम गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार