Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाले भने - कांग्रेसका सामु चुनौतीको चाङ छ, औचित्य पुष्टि गर्नुपर्ने बेला आयो

चितवन । नेपाली कांग्रेस नेता शेखर कोइरालाले पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्य के हुने भन्ने चासो बढिरहेको बताएका छन् ।

चितवनमा शुक्रबारदेखि सुरु भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औँ महाधिवेशनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले मुलुकको अग्रणी राजनीतिक पार्टीको रुपमा रहेको कांग्रेसले अहिले किन र कसका लागि भनेर औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको बताए।

नेता कोइरालाले भने, 'हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन । तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ । पछिल्ला दिनमा विकसित राजनीतिले हाम्रो भविष्य के हुने भन्ने चासो बढेर गएको छ । यतिबेला हाम्रासामु चुनौतीको चाङ छ ।'

नेता कोइरालाले जनता र कांग्रेसका बीचमा दुरी बढेको बताए । नेता कोइरालाले कांग्रेसले प्रस्ट विचार र कार्यक्रमका साथ जनताको बीचमा जान नसके थप औचित्य गुमाउँदै जाने बताए ।

नेता कोइरालाले पछिल्लो पटक तीनै तहका न्यायालयले दोषी करार गरेका दुई दर्जनले आममाफी पाएको भन्दै कानुनी शासनमा यस्तो उन्मुक्ति अभ्यासलाई कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077