काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणअन्तर्गत चर्च ब्वाइज युनाइटेड र एफसी खुलटारबीचको खेलमा तनाव भएको छ।
रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइजबीचको खेल तनावग्रस्त बनेको हो ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो तीन बजेदेखि सुरु भएको खेलको दोस्रो हाफको ५० मिनेटपछिको खेलमा खुमलटारका खेलाडी र अफिसियलले रेफ्रीलाई आक्रमण गरेपछि खेल रोकिएको थियो ।
खेल रोकिदासम्म यस सिजनको लिग विजेता बनिसकेको चर्च ब्वाइज १-० ले अगाडी रहेको थियो । विवादका कारण मैदानमा प्रहरी नै बोलाइएको थियो। प्रहरी आएपछि मात्रै खेल सुरु भएको छ।
Leave a Reply