Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • मिडियामा गाली गरेर नेता बन्ने संस्कृतिको विकास भयो : आरजु राणा

    मिडियामा गाली गरेर नेता बन्ने संस्कृतिको विकास भयो : आरजु राणा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेता डा.आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएको बताएकी छिन् ।

    स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै आरजुले यस्तो बताएकी हुन् ।



    आरजुले भनिन्,’आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा परे र गालीको भरमा राजनीति अघि बढ्न थाल्यो ।



    आरजुले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरिन् ।

    आरजुले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार