Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । बेलायती राजदूत निकोला पोलिटले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् ।

शुक्रवार राष्ट्रपति कार्यालयमा पौडेलसँग पोलिटले बिदाइ भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद  व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077