Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ठूला देशले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

    ठूला देशले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई गाँजा खेती रोक्न दवाव दिने ठूला देशहरुले नै गाँजा खेती गर्न थालेको बताएका छन् ।

    अर्थमन्त्री महतले नेपाललाई रोक्न दवाब दिने मुलुकहरुले अहिले खुला गरेर विजशेन गरिरहेको बताएका हुन् ।



    अर्थमन्त्री महतले गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा सहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको बताए ।



    अर्थमन्त्री महतले भने, ‘जुन देशले हिजो हामीलाई गाँजा कानुन ल्याएर रोक नत्र हामी साहायतै दिन्नौं भन्यो। अलि अलि सहायता पनि रोकिदिएला भनेर हामीले कानुन नै बनाएर रोक्यौं।’

    नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको उनको भनाइ छ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । अर्थमन्त्री महतले विदेशी रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार