Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महतले भने – पूँजीगत खर्च गर्न नसक्नु नै सरकारको प्रमुख चुनौती बन्यो

    अर्थमन्त्री महतले भने – पूँजीगत खर्च गर्न नसक्नु नै सरकारको प्रमुख चुनौती बन्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 645
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीगत खर्च गर्न नसक्नु सरकारका लागि प्रमुख चुनौती रहेको बताएका छन् ।

    शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले सरकारलाई पूँजीगत खर्च गर्न नसक्नु चुनौतीपूर्ण बन्दै गएको स्वीकार गरे ।



    अर्थमन्त्री महतले भने,’पुँजीगत खर्च प्रभावकारी रुपमा हुन नसक्नु भनेको आयोजनाको साइट क्लियरेन्स नहुनु, वनको समस्या समाधान नहुनु र मुआब्जाको समस्या समाधान हुन नसक्नु हो।’

    सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत बजेटमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बुँदा नम्बर २९ देखि ४६ सम्म बुँदागत रुपमा उल्लेख गरिएको उनले बताए ।

    पुँजीगत खर्च गर्न मात्रै नभएर कार्यान्वयनमा समेत समस्या रहेको अर्थमन्त्री महतको भनाई छ । पुँजीगत खर्चको प्रभावकारिता नबढे जतिसुकै ठूला योजना राखे पनि समाधान नहुने अर्थमन्त्री महतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार